एमालेमा जनवादी केन्द्रीयताको संकट र पुनर्गठनको आवश्यकता
nepalpress.com · Tue Jun 30 11:19:40 GMT 2026

नेपालको कम्युनिस्ट आन्दोलनले आफ्नो स्थापनाकालदेखि नै जनवादी केन्द्रीयता ( Democratic Centralism ) लाई संगठनात्मक जीवनको मूल आधार सिद्धान्तका रूपमा स्वीकार गर्दै आएको छ। सिद्धान्ततः यो अवधारणाले आन्तरिक लोकतन्त्र र कठोर संगठनात्मक अनुशासनबीच द्वन्द्वात्मक सन्तुलन कायम गर्ने उद्देश्य राख्छ। यही सन्तुलनले पार्टीलाई विचारमा जीवन्त, संगठनमा अनुशासित र कार्यमा एकीकृत बनाउने अपेक्षा गरिन्छ।
व्यवहारमा, विशेषतः नेकपा (एमाले) को ऐतिहासिक विकासक्रमलाई नियाल्दा, यही जनवादी केन्द्रीयताको अभ्यास पटक–पटक चुनौतीको घेरामा परेको देखिन्छ। पार्टी विस्तारसँगै संगठनात्मक जटिलता बढ्दै गयो। नेतृत्व संरचना केन्द्रीकृत बन्दै गयो, तर आन्तरिक लोकतन्त्रको अभ्यास भने त्यही अनुपातमा संस्थागत हुन सकेन। फलस्वरूप, सिद्धान्त र व्यवहारबीचको दूरी क्रमशः फराकिलो बन्दै गएको अनुभूति कार्यकर्ता पङ्क्तिदेखि नेतृत्व तहसम्म व्यक्त हुन थालेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)