पोखरामा विविध कार्यक्रमसहित मनाइयो युवा दिवस
ratopati.com · Wed Aug 12 18:47:39 GMT 2026

गण्डकी । अन्तर्राष्ट्रिय युवा दिवस बुधबार पोखरामा विविध कार्यक्रमसहित मनाइयो । दिवसका अवसरमा कविता गोष्ठीदेखि नाटक प्रदर्शनसम्मका गतिविधि भए ।
गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले खुला कविता प्रतियोगिता आयोजना ग¥यो । प्रतियोगितामा पोखरा महानगरपालिका–१७ का स्रष्टा संयोग बस्यालको कविता प्रथम भएको मन्त्रालयका शाखा अधिकृत हीराबहादुर थापा मगर जानकारी दिए । स्रष्टा मदन घिमिरेको कविताले दोस्रो, मिलन अधिकारी तेस्रो, सोनिया बास्तोला र आदर्श लम्सालले सान्त्वाना स्थान प्राप्त गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)