अन्तर्राष्ट्रिय सहयोग बढ्दो
gorkhapatraonline.com · Tue Sep 01 00:54:19 GMT 2026

भोटेकोशी हिमबाढीबाट नेपालमा आइपरेको विपत्मा सघाउन अन्तर्राष्ट्रिय दातृनिकाय तथा मित्रराष्ट्रहरूले सहयोगको दायरा बढाउन थालेका छन् । आर्थिक तथा मौद्रिक सहयोग, तत्कालीन राहत तथा उद्धार सहयोग, विज्ञ तथा प्राविधिक टोली, औषधी जस्ता सहयोग आउन थालेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहका अनुसार नेपालले सामना गरिरहेको विपत्मा आर्थिक सहयोग गर्ने अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरू बढ्दै छन् ।
प्रधानमन्त्रीले सामाजिक सञ्जालमा सार्वजनिक गर्नु भएको तथ्य अनुसार एसियाली विकास बैङ्कबाट अनुदान स्वरूप ५० लाख रुपियाँ (पाँच मिलियन अमेरिकी डलर) र विश्व बैङ्कबाट २५ अर्ब ४० करोड ७० लाख बराबर (१६७ मिलियन अमेरिकी डलर) को सहुलियतपूर्ण कर्जा, अमेरिकी सरकारबाट ७६ करोड (पाँच लाख अमेरिकी डलर) बराबर सहयोगको प्रतिबद्धता आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)