झापामा मकै उत्पादनमा ह्रास
ratopati.com · Tue Jun 30 11:33:58 GMT 2026

झापा। धानपछि दोस्रो खाद्यान्न बालीका रूपमा रहेको मकैखेतीको उत्पादनमा यस वर्ष ठुलो ह्रास आएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ।
केन्द्रको तथ्याङकअनुसार विगत तीन वर्षको तुलनामा मकैखेतीको उत्पादनमा यस वर्ष ह्रास आएको हो। जिल्लामा गत वर्षको तुलनामा ६८ हजार मेट्रिक टन मकैको उत्पादन घटेको हो । चालु आव २०८२/८३ दुई लाख ८३ हजार १८७ मेट्रिक टन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए। उनले जिल्लामा ४६ हजार १२५ हेक्टर जमिनमा किसानले मकैखेती लगाएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)