सिटिजन्स बैंकका ग्राहकलाई जय नेपाल सिनेमामा १० प्रतिशत छुट
nepalpress.com · Tue Jun 30 11:31:40 GMT 2026

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको दरबारमार्गस्थित जय नेपाल सिनेमाजबीच बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी भएको छ ।
सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरूले जय नेपाल सिनेमाजमा मुभी टिकेट खरिद गर्दा १० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास लिइएको बैंकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)