झापामा मकै उत्पादनमा ह्रास
barnanmedia.com · Tue Jun 30 11:33:36 GMT 2026

धानपछि दोस्रो खाद्यान्न बालीका रूपमा रहेको मकैखेतीको उत्पादनमा यस वर्ष ठूलो ह्रास आएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।
केन्द्रको तथ्याङकअनुसार विगत तीन वर्षको तुलनामा मकैखेतीको उत्पादनमा यस वर्ष ह्रास आएको हो । जिल्लामा गत वर्षको तुलनामा ६८ हजार मेट्रिक टन मकैको उत्पादन घटेको हो । चालु आव २०८२/८३ दुई लाख ८३ हजार १८७ मेट्रिक टन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । उहाँले जिल्लामा ४६ हजार १२५ हेक्टर जमिनमा किसानले मकैखेती लगाएको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)