चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
canadanepal.com · Sat May 16 06:55:55 GMT 2026

बेइजिङ - चीनले शुक्रबार ‘लिजियान’ वाहक रकेट प्रक्षेपण गर्दै पाँचवटा उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ । यो रकेट उत्तरपश्चिम चीनस्थित डोङफेङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन परीक्षण क्षेत्रबाट दिउँसो १२:३३ बजे (बेइजिङ समयअनुसार) प्रक्षेपण गरिएको थियो । रकेटले सबै उपग्रहहरूलाई सफलतापूर्वक निर्धारित कक्षामा पुर्याएको जनाइएको छ ।
यो मिसन लिजियान रकेटको १३औँ उडान तथा लिजियान शृङ्खलाको १४औँ प्रक्षेपण हो । हालसम्म लिजियान शृंखलाले कुल १०० वटा उपग्रह अन्तरिक्षमा पठाइसकेको छ भने कक्षामा स्थापित सामग्रीको कुल तौल १८ टनभन्दा बढी पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)