स्मार्ट टेलिकम अनियमितता आरोपमा २२ जनाविरुद्ध मुद्दा, कसलाई कति बिगो दाबी ?
barnanmedia.com · Wed Aug 12 21:56:34 GMT 2026

स्मार्ट टेलिकम लिलाम प्रकरणमा २२ जनाविरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । स्मार्ट टेलिकम, एनसेल र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका पदाधिकारी, सात विदेशी नागरिकसहित २२ जनाविरुद्ध ९६ अर्ब १२ करोड १७ लाख रुपैयाँ बिगो मागदाबीसहित बुधबार मुद्दा चलाइएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले करिब तीन महिना लामो अनुसन्धानपछि तयार पारेको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गरेको हो । अभियोगपत्रमा प्रतिवादीविरुद्ध आपराधिक विश्वासघात तथा ठगी, संगठित अपराध र बैंक तथा वित्तीय अपराध (बाफिया) ऐनअन्तर्गत कारबाही गर्न माग गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)