संरक्षणको पर्खाइमा हतुवागढीको ऐतिहासिक ‘फलाम ढुङ्गा’
ratopati.com · Wed Aug 12 23:33:14 GMT 2026

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–४ मा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्त्व बोकेको ‘फलाम ढुङ्गा’ संरक्षणको अभावमा ओझेलमा पर्दै गएको छ । प्राकृतिक विशेषतासँगै ऐतिहासिक महत्त्व बोकेको यस क्षेत्रको संरक्षण र प्रवर्द्धन हुन नसक्दा पर्यटकीय सम्भावना भएर पनि अघि बढ्न सकेको छैन ।
फलामसँग मिल्दोजुल्दो देखिने ढुङ्गा रहेकाले स्थानीयस्तरमा यस क्षेत्रलाई ‘फलाम ढुङ्गा’ नामले चिनिँदै आएको छ । ढुङ्गामा फलाममा जस्तै खिया देखिने भएकाले यसको नाम फलाम ढुङ्गा रहन गएको स्थानीयको भनाइ छ । ढुङ्गासँगै रहेको प्राकृतिक पोखरी यहाँको अर्को आकर्षण हो । संरक्षण र व्यवस्थापनको अभावमा पोखरी पुरिँदै गएपछि यसको मौलिक स्वरूप हराउँदै जान थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)