अदालतमा निवेदन हालिएको १० वर्षपछि सम्बन्ध विच्छेद
janaaastha.com · Thu Dec 30 16:00:37 GMT 2021
हलिउड अभिनेता अर्नोल्ड स्वार्जेनेगर र अमेरिकी पत्रकार मारिया स्रीभरबीचको ३५ वर्षे लामो वैवाहिक सम्बन्ध अन्त्य भएको छ । लस एञ्जल्सको अदालतको कागजातमा उनीहरूले ल्याप्चे गरेपछि सम्बन्धविच्छेद भएको हो ।
यो जोडीबीच चार वर्षको प्रेम सम्बन्धपछि सन् १९८६ मा विवाह भएको थियो । तर, अर्नोल्ड र उनकी श्रीमतीले १० वर्षअघि नै आफ्नो २५ वर्षे वैवाहिक सम्बन्ध अन्त्यका लागि निवेदन दिएका थिए । आर्नोल्ड क्यालिफोर्निया राज्यका पूर्व गभर्नरसमेत हुन् । उनी दर्शकमाझ फिल्म ‘टर्मिनेटर’ मार्फत् बढी लोकप्रिय भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)