देवघाटमा अतिक्रमण गरी बनाइएका १६ टहरा हटाइए
gorkhapatraonline.com · Tue Jun 09 02:12:56 GMT 2026

तनहुँको पवित्र धार्मिक तीर्थस्थल देवघाटधामस्थित सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अस्थायी टहराहरू हटाइएको छ। देवघाट क्षेत्र विकास समिति र स्थानीय प्रशासनको निर्देशनअनुसार वेणी क्षेत्रमा अनधिकृत रूपमा निर्माण गरिएका संरचनाहरू हटाइएको हो।
त्रिशूली र कालीगण्डकी नदीको सङ्गमस्थल ‘वेणी’ क्षेत्रको स्नानघाट संरक्षण तथा धार्मिक क्षेत्रको सौन्दर्यीकरणका लागि क्षेत्र विकास समितिले सात दिनभित्र अस्थायी टहराहरू हटाउन सार्वजनिक सूचनामार्फत निर्देशन दिएको थियो। देवघाट गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ५ का वडाध्यक्ष पूर्णबहादुर कुँवरका अनुसार तोकिएको समयसीमाभित्र हालसम्म १६ वटा अस्थायी टहरा पूर्ण रूपमा हटाइसकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)