पशुपतिनाथमा राति ९ बजे सम्म कम्तीमा छ लाख बढीले गरे दर्शन
ratopati.com · Sun Feb 15 17:48:34 GMT 2026

काठमाडौँ । महाशिवरात्रिका दिन आज राति ९ बजेसम्म कम्तीमा छ लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन् ।
आइतबार बिहान २ बजेदेखि नै पाशुपत क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेकामा अहिलेसम्म पनि उस्तै रहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुवास जोशीले राससलाई जानकारी दिए । उनले भने, “९ बजेसम्म कम्तीमा छ लाख बढीले दर्शन गरेका छन् । अहिले पनि दर्शनार्थीको भीड बाक्लो छ । दर्शनार्थीको सङ्ख्या अझै बढ्ने देखिन्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)