पोहोरको प्रतिवेदन थन्किँदा ठुलो क्षति
nagariknews.nagariknetwork.com · Tue Sep 01 01:18:25 GMT 2026

भदौ १० गते रसुवाको भाटेकोसीमा आएको बाढीका कारण ठुलो मात्रामा मानवीय र भौतिक नोक्सानी भएको छ। मानवीय र भौतिक क्षति यति नै भयो भनेर अझै आकलन हुन बाँकी छ। एक वर्षअघि २०८२ असार २४ गते त्यही क्षेत्रमा आएको बाढीपछि रसुवाका तत्कालीन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिले गरेको अध्ययनको प्रतिवेदनमा त्यस क्षेत्रमा अर्को ठुलो विपत्ति औंल्याइएको थियो।
ल्हेन्दे खोला हुँदै भोटेकोसीसहितको तटीय क्षेत्रको जोखिम कायम रहेको जनाउँदै अध्ययन प्रतिवेदनले तटीय क्षेत्रका बस्तीहरू स्थानान्तरण गर्न सुझाएको थियो। ५५ पेज लामो प्रतिवेदनमा स्थानीय प्रशासनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण हुँदै सरकारका विभिन्न निकायलाई बुझाइएको थियो। १३ सदस्यीय अध्ययन समितिले तयार गरेको प्रतिवेदनमारसुवागढीदेखि बेत्रावतीसम्मका नदीकिनारमा रहेका टिमुरे, स्याफ्रुबेंसी, मैलुङ, पैरेबेंसी, शान्तिबजार, खाल्टेलगायत बस्तीहरूमा बाढीको उच्च जोखिम रहेको जनाएको थियो। त्यहाँ रहेका बस्तीहरूको वैज्ञानिक अध्ययन गरेर सम्भावित जोखिमको मूल्यांकनसहित सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)