सम्पर्कविहीन नागरिक खोज्न जनप्रतिनिधि भोटेकोशीमा
gorkhapatraonline.com · Tue Sep 01 01:21:43 GMT 2026

बागलुङको तमानखोला गाउँपालिकाले भोटेकोशीमा सम्पर्कविहीन भएका नागरिकका परिवारलाई प्रतिपरिवार ३० हजार रुपियाँका दरले राहत उपलब्ध गराउने भएको छ ।
गाउँपालिकाभित्रका नौ जना नागरिक सम्पर्कविहीन भएको जनाउँदै गाउँपालिकाले उनीहरूका परिवारलाई प्रतिपरिवार ३० हजार रुपियाँका दरले दुई लाख ७० हजार रुपियाँ तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो । साथै, सम्पर्कविहीन नागरिकको खोजी गर्न जनप्रतिनिधिको टोली भोटेकोशीतर्फ प्रस्थान गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)