सहयोग खोज्दै छ ग्रामीण अर्थतन्त्रको मेरुदण्ड
gorkhapatraonline.com · Tue Sep 01 01:21:29 GMT 2026

काठमाडौँ उपत्यकामा ब्रोइलर कुखुराको मासुको राम्रो खपत गर्ने जिल्ला हुन् नुवाकोट, धादिङ, गोरखा र रसुवा । पछिल्लो समय यी जिल्लामा व्यावसायिक रूपमा पशुपालन गर्ने किसानको सङ्ख्या वृद्धि भएको छ ।
त्यहाँका किसान बिहानबेलुका दुध बोकेर सङ्कलन केन्द्र पुग्ने गरे पनि भोटेकोशी त्रिशूली क्षेत्रमा आएको भीषण बाढीपछि धेरै किसानले दुध बेच्न पाएका छैनन् । मानवीय क्षति र उद्धारको पीडा त छँदै छ, त्यसको छायामा पशुपालन व्यवसाय पनि सङ्कटमा परेको छ । बाढीले गोठ बगाएको र पशुचौपाया मारेको विवरण अझै पूर्ण रूपमा सङ्कलन भइसकेको छैन तर पशुपालनको आधार मानिने दाना, दुध र बजारको चक्र भने बाढीले नराम्ररी प्रभावित बनाएको पशुसेवा विभागले त्यस क्षेत्रमा खटाएका नवराज श्रेष्ठले उल्लेख गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)