सामाजिक सञ्जालका बल्छी
annapurnapost.com · Thu Aug 13 00:29:07 GMT 2026

केही साता अघिमात्रै ह्वाट्सअपले मोबाइल नम्बरबिना नै खाता खोल्न सकिने सुविधा सार्वजनिक गर्यो। हाम्रो छिमेकी मुलुक भारतले त्यो सुविधा के हो र सुरक्षा के छ भन्ने थाहा देऊ अनिमात्रै भारतमा सुविधा उपलब्ध गराऊ भन्यो। ह्वाट्सअपको माउ कम्पनी मेटा भारतमा त्यस्तो सुविधा दिनबाट पछि हट्यो।
हाम्रो नेपालमा भने सरकारले त्यसबारे थाहा पायो कि पाएन भन्ने नै आमनागरिकलाई थाहा छैन। भकाभक त्यो सुविधा लिइरहेका छन् नेपालीले। त्यसले कुन किसिमको अप्ठेरोमा पार्ने हो र पार्यो भने के गर्ने भन्ने पनि कसैलाई थाहा छैन। यस्तो किन भइरहेको छ भने नेपालमा मेटा दर्ता छैन, भारतमा छ। दर्ता भएकैले भारत सरकारको निर्देशन पालना गर्न ऊ बाध्य भयो। दिनहुँजसो कैयौं नेपालीहरू ह्वाट्सअपबाट आएका बल्छीयुक्त सन्देशमा फस्छन् र लाखौंलाख गुमाउँछन्। फिर्ता ल्याउन न नेपाल प्रहरीको साइबर ब्युरोले सक्छ न अरूले। किनभने ठग्ने को हो भनेर पत्ता लगाउन नेपालको मेटासम्म पहुँच छैन। हो, यस्तै यस्तै ठगी र अरू अपराध रोक्न त्यस्ता प्लेटफर्महरूको नेपालमा पनि दर्ता अनिवार्य हुनुपर्ने आवाज उठेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)