बजेट अभावमा आयुर्वेद चिकित्सालयको सेवा प्रभावित
lokaantar.com

धनगढीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालय बजेट र जनशक्ति अभावका कारण पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । पाँच लाख रुपैयाँ मात्र पुँजीगत बजेट भएकाले शौचालय मर्मत गर्न एक वर्ष लागेको र जडान भइसकेको लिफ्ट पनि अझै सञ्चालनमा आउन सकेको छैन ।
५० शय्याको भौतिक संरचना भए पनि पर्याप्त जनशक्ति नहुँदा हाल करिब ३० शय्यासम्म मात्र सेवा सञ्चालन भइरहेको छ । सेवा विस्तारसँगै सेवाग्राहीको सङ्ख्या बढ्दै गए पनि पूर्वाधार, मर्मतसम्भार र जनशक्ति अभावले सेवा प्रवाह प्रभावित भएको चिकित्सालय प्रशासनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)