अमरसिंह थापाको जन्मभूमिबारे यसो भन्छन् इतिहासविद्हरू
annapurnapost.com · Tue Jun 30 11:52:39 GMT 2026

काठमाडौं : इतिहासविद् तथा संस्कृतिविद्हरूले राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको जन्मस्थल गोरखाको सिरानचोक नै भएको दाबी गरेका छन्। गहिरो ऐतिहासिक अध्ययन, प्रकाशित कृतिहरू तथा स्थानीय ऐतिहासिक प्रमाणका आधारमा आफूहरू यस निष्कर्षमा पुगेको उनीहरूको भनाइ छ।
गोरखाको अमरपुरस्थित अमरसिंह थापा पार्कमा आयोजित अन्तरक्रियामा इतिहासविद् तथा संस्कृतिविद् प्रा.डा. जगमान गुरुङले अमरसिंह थापा र उनका पिता उमराव भीमसिंह थापाको बसोबास यही क्षेत्रमा रहेको बताए। उनका अनुसार अमरपुर गोरखा दरबार जाने ऐतिहासिक मार्गसमेत भएकाले यसको विशेष महत्व छ। स्थानीयवासीले सोही स्थानमा अमरसिंह थापा र उमराव भीमसिंह थापाको शालिक निर्माण गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)