रिलायन्स स्पिनिङले गत वर्ष साढे १० अर्बको व्यापार गर्दा ४० करोड नाफा, ईपीएस २२.०४ रूपैयाँ
clickmandu.com · Thu Aug 13 01:23:34 GMT 2026

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले गत आर्थिक वर्षमा १० अर्ब ४५ करोड ९६ लाख रूपैयाँको धागो बिक्री गरेको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बिक्रीबाट कम्पनीले गरेको आम्दानी २२ करोड रूपैयाँले बढेको हो ।
सार्वजनिक विवरण अनुसार कम्पनीले विदेशी मुद्राको विनिमय दरमा भएको उत्तारचढावका बाबजुद सन्तोषजनक व्यावसायिक प्रदर्शन गरेको छ । सञ्चालन आम्दानी अघिल्लो आवको १० अर्ब २३ करोड ७८ लाख रुपैयाँको तुलनामा २.२ प्रतिशतले बढ्दा कम्पनीले ३९ करोड ९० लाख रूपैयाँ खुद नाफा गरेको छ । जसअनुसार कम्पनीको प्रतिसेयर आम्दानी २२ रूपैयाँ ४ पैसा कायम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)