कस्तो रहला आज देशभरको मौसम ?
nepalsamaya.com · Thu Aug 13 01:39:32 GMT 2026

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जानकारी दिएको छ।
हाल मधेश प्रदेश साथै कोशी, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा आंशिक बादल लागेको छ। कोशी र बागमती प्रदेशको केही तथा गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भईरहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)