रोल्पामा पहिरोले घर/गोठ पुरिँदा दुई जनाको मृत्यु, दुई घाइते
lokaantar.com

पहिरोले थबाङ गाउँपालिका–५ बोटलबारामा घरसहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा थबाङ –५ बोटलबाराका १८ वर्षीया शान्ति पुन मगर र सोही स्थानका ६०वर्षीय कमलबहादुर पुन मगर छन् । घाइते हुनेमा सोही स्थानका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)