रोल्पामा पहिरोले घर/गोठ पुरिँदा दुईको मृत्यु, दुई जना घाइते
ratopati.com · Thu Aug 13 01:41:43 GMT 2026

रोल्पा । अविरल वर्षाका कारण पहिरो जाँदा थबाङ गाउँपालिका–५ बोटलबारामा घर सहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा थबाङ –५ बोटलबाराका १८ वर्षीया शान्ति पुन मगर र सोही स्थानका ६० वर्षीय कमलबहादुर पुन मगर छन् भने घाइते हुनेमा सोही स्थानका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर रहेको छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)