रोल्पाको उवामा पहिरोले पुरिएर दुई जनाको मृत्यु, १० जना बेपत्ता
annapurnapost.com · Thu Aug 13 01:51:21 GMT 2026

रोल्पा : अविरल वर्षापछि आएको पहिरोमा परेर रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा २ जनाको मृत्यु भएको छ। बुधबार साँझ करिब ८:४० बजे माथिबाट खसेको पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब आधा दर्जन घर तथा गोठ पुरिँदा १० जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी नायव उपरीक्षक पंचकुमार बाखुले जानकारी दिए।
प्रहरी टोली राति १०:१५ बजे घटनास्थल पुगेपछि प्रारम्भिक खोज तथा उद्धारका क्रममा १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगर पहिरोमा पुरिएर मृत्यु भएको अवस्थामा फेला परेका हुन्। प्रतिकूल अवस्था र निरन्तर वर्षाका कारण तत्काल शव निकाल्न कठिनाइ भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)