बाढीपीडितका लागि पाख्रीबासको ३० लाख सहयोग
gorkhapatraonline.com · Tue Sep 01 01:34:12 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि धनकुटाको पाख्रीबास नगरपालिकाले ३० लाख २३ हजार ६१४ रुपियाँ सहयोग गर्ने भएको छ ।
नगरपालिकाको कार्यपालिका बैठकले विपदबाट प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो । नगरपालिकाले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)