विपतमा व्यवसाय : नाफाभन्दा पनि सेवामुखी व्यापारको बेला
gorkhapatraonline.com · Tue Sep 01 01:32:02 GMT 2026

निजी क्षेत्रका तीन वटै छाता सङ्गठनले उपत्यका जोड्ने मुख्य पृथ्वी राजमार्ग अवरुद्ध भएपछि बजारमा कालोबजारी र कृत्रिम अभाव हुन सक्ने भएकाले सचेत रहेर व्यापार गर्न व्यवसायीलाई आग्रह गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसङ्घले आफ्ना सदस्यलाई विपत्को कठिन परिस्थितिमा जिम्मेवार भएर व्यापार गर्न आग्रह गरेका हुन् । आइतबार कृष्णभिरको सडक भत्किएपछि काठमाडौँ उपत्यका जोड्ने सडक सञ्जाल अवरुद्ध छ । वैकल्पिक बाटो प्रयोग गरी आपूर्तिको व्यवस्था नियमित पारिए पनि मुख्य राजमार्ग बन्द हुँदा बजारमा दैनिक उपभोग्यदेखि अत्यावश्यक वस्तुको आपूर्तिमा प्रत्यक्ष असर पर्ने गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)