ला लिगा: बार्सिलोनाको फराकिलो जित, रायो भालेकानो ५-२ ले पराजित
nepalviews.com · Tue Sep 01 01:32:21 GMT 2026
काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत मंगलबार भएको खेलमा बार्सिलोनाले रायो भालेकानोमाथि ५-२ को रोमाञ्चक र फराकिलो जित निकालेको छ। घरेलु मैदानमा बार्सिलोनालाई जिताउन राफिन्हा र युवा स्टार लामिने यमलले उत्कृष्ट प्रदर्शन गर्दै दुई-दुई गोल गरे।
खेलको १२ औँ मिनेटमै सर्जियो कामेलोको गोलबाट रायो भालेकानोले सुरुवाती अग्रता लिए पनि बार्सिलोनाले दमदार पुनरागमन गर्यो। १९ औँ मिनेटमा राफिन्हाले गोल गर्दै खेल बराबरीमा ल्याए भने त्यसको दुई मिनेटपछि नै (२१ औँ मिनेट) लामिने यमलले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)