नेदरल्यान्ड्सको मुख्य प्रशिक्षकमा जाभी हर्नान्डेज
kendrabindu.com · Thu Aug 13 03:05:47 GMT 2026
काठमाडौं । नेदरल्यान्ड्सले स्पेनिस पूर्वमिडफिल्डर जाभी हर्नान्डेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । बुधबार डच फुटबल फेडेरेसनले बार्सिलोनाका पूर्वप्रशिक्षक जाभीलाई जिम्मेवारी सुम्पिएको जानकारी दिएको हो ।
जाभीसँग सन् २०३० सम्मको लागि सम्झौता भएको छ । ४६ वर्षीय जाभीले रोनाल्ड कोम्यानको स्थान लिएका हुन् ।कोम्यानले सन् २०२३ देखि डच टोलीको दोस्रो कार्यकाल सम्हालेका थिए । त्यसअघि उनीले सन् २०१८ देखि २०२० सम्म पनि टोलीमा प्रशिक्षकको रूपमा काम गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)