रोल्पा पहिरोमा १० जना बेपत्ता : खोजीकार्य तीव्र पार्न मुख्यमन्त्रीको निर्देशन
baahrakhari.com · Thu Aug 13 03:24:00 GMT 2026

बुटवल । रोल्पाको थबाङ गाउँपालिका–५, बोटलबारा क्षेत्रमा पहिरोमा परी बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । बुधबार (साउन २७) बेलुका करिब ८ः४० बजे खसेको पहिरोमा परी स्थानीय बासिन्दाका ६ घरगोठ पुरिएको हो ।
अविरल वर्षापछि खसेको पहिरोमा परी दुईजनाको मृत्यु भएको छ । १० जना बेपत्ता रहेको घटनाप्रति उनले दुःख व्यक्त गर्दै खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सुरक्षाकर्मी, स्थानीय प्रशासन, जनप्रतिनिधि, स्वयंसेवकलाई आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)