सिंहदरबारभित्रै ढिलासुस्तीः सात वर्षसम्म बनेन संसद् भवन, सातौँपटक म्याद थपिँदै (तस्बिरहरु)
nepalpress.com · Thu Aug 13 03:31:04 GMT 2026

काठमाडौँ । सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संघीय संसद् भवनको निर्माण कार्य करिब सात वर्ष हुनै लाग्दा पनि सकिएको छैन । २०७९ साल असोजमा सकिनुपर्ने भवन निर्माणको काम ६ पटक म्याद थप हुँदा अहिले अन्तिम चरणमा पुगेर सुस्त बनेको छ ।
भवन निर्माणका लागि सातौँपटक म्याद थप गर्न निर्माण व्यवसायीले सहरी विकास तथा भवन निर्माण विभागसमक्ष निवेदन पेस गरेको छ । सबै कागजात प्राप्त नभएकाले म्याद थप भइनसकेको विभागको विशेष भवन निर्माण आयोजना निर्देशक रोशन श्रेष्ठले बताए । ‘म्याद थपका लागि निवेदन आएको छ । म्याद थप भइसकेको अवस्था पनि छैन । इन्स्युरेन्ससहित अरु कागजात पुगेको छैन,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)