सात वर्षसम्म बनेन संसद् भवन ! सातौँपटक म्याद थप्ने तयारी [तस्वीरहरू]
lokaantar.com

सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संघीय संसद् भवनको निर्माण कार्य करिब सात वर्ष हुनै लाग्दा पनि सकिएको छैन । २०७९ साल असोजमा सकिनुपर्ने भवन निर्माणको काम ६ पटक म्याद थप हुँदा अहिले अन्तिम चरणमा पुगेर सुस्त बनेको हो ।
भवन निर्माणका लागि सातौँपटक म्याद थप गर्न निर्माण व्यवसायीले सहरी विकास तथा भवन निर्माण विभागसमक्ष निवेदन पेस गरेको छ । सबै कागजात प्राप्त नभएकाले म्याद थप भइनसकेको विभागको विशेष भवन निर्माण आयोजना निर्देशक रोशन श्रेष्ठले बताए । ‘म्याद थपका लागि निवेदन आएको छ । म्याद थप भइसकेको अवस्था पनि छैन । इन्स्युरेन्ससहित अरू कागजात पुगेको छैन,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)