रोल्पा पहिरोमा बेपत्ताको खोजी तीव्र पार्न मुख्यमन्त्री आचार्यको अपिल
ratopati.com · Thu Aug 13 03:55:53 GMT 2026

दाङ । रोल्पाको थबाङ गाउँपालिका ५ बोटलबारा क्षेत्रमा पहिरामा परी बेपत्ता भएका नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निर्देशन दिएका छन्।
अविरल वर्षापछि गएको पहिरामा परी तीन जनाको मृत्यु भएको र नौ जना बेपत्ता रहेको घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन आग्रह गरेका छन्। उनले सुरक्षाकर्मी, स्थानीय प्रशासन, जनप्रतिनिधि, स्थानीय समुदाय तथा स्वयंसेवकलाई एकजुट भएर परिचालन हुन भनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)