‘चलचित्र विकास बोर्डले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ’
nepalnews.com · Tue Jun 30 12:18:51 GMT 2026

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले नेपाली चलचित्र उद्योगका समस्या, चुनौती र अपेक्षाप्रति सरकार संवेदनशील रहेको बताएका छन्। बोर्डको २६औँ वार्षिकोत्सवमा उनले चलचित्र क्षेत्रको वास्तविक आवश्यकतालाई सम्बोधन गर्ने कानुन, नीति र कार्यक्रममार्फत उद्योगलाई सुदृढ बनाउन सरकार तयार रहेको बताए।
सञ्चारमन्त्री तिमिल्सिनाले बोर्डले यस क्षेत्रको अभिभावकीय भूमिका बहन गर्नुपर्नेसमेत आवश्यकता औँल्याए। बोर्डका योजना, कार्यक्रम र बजेटले प्रत्यक्ष रूपमा चलचित्र उद्योगलाई कसरी लाभ पुर्याउँछ भन्ने विषयलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ। उनले चलचित्र क्षेत्र समृद्ध र सन्तुष्ट भएमा मात्रै बोर्डको सफलता अर्थपूर्ण हुने धारणा राखे। बोर्डले आगामी आवका लागि बजेट बनाइरहेको परिप्रेक्ष्यमा चलचित्रकर्मीको भावना समेट्नेगरी योजना बताउन पनि उनले आग्रह गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)