चलचित्र उद्योगलाई सुदृढ बनाउन सरकार तयार छ : सञ्चारमन्त्री डा तिमिल्सिना
barnanmedia.com · Tue Jun 30 12:19:50 GMT 2026

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाली चलचित्र उद्योगका समस्या, चुनौती र अपेक्षाप्रति सरकार संवेदनशील रहेको बताउनुभएको छ । चलचित्र विकास बोर्डको २६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले चलचित्र क्षेत्रको वास्तविक आवश्यकतालाई सम्बोधन गर्ने कानुन, नीति र कार्यक्रममार्फत उद्योगलाई सुदृढ बनाउन सरकार तयार रहेको बताउनुभयो ।
सञ्चारमन्त्री डा तिमिल्सिनाले चलचित्र विकास बोर्डले यस क्षेत्रको अभिभावकीय भूमिका बहन गर्नुपर्नेसमेत आवश्यकता औँल्याउनुभयो । बोर्डका योजना, कार्यक्रम र बजेटले प्रत्यक्ष रूपमा चलचित्र उद्योगलाई कसरी लाभ पु¥याउँछ भन्ने विषयलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्नुहुँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले चलचित्र क्षेत्र समृद्ध र सन्तुष्ट भएमा मात्रै बोर्डको सफलता अर्थपूर्ण हुने धारणा राख्नुभयो । बोर्डले आगामी आर्थिक वर्षका लागि बजेट बनाइरहेको परिप्रेक्ष्यमा चलचित्रकर्मीको भावना समेट्नेगरी योजना बनाउन पनि उहाँले आग्रह गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)