भद्रकालीमा पत्रकारको शान्तिपूर्ण धर्नामा प्रहरीको धरपकड
nagariknews.nagariknetwork.com · Thu Aug 13 05:26:12 GMT 2026

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा नेपाल पत्रकार महासंघको नेतृत्वमा जिल्ला प्रहरी परिसर, भद्रकालीमा आयोजित शान्तिपूर्ण धर्नामा प्रहरीले हस्तक्षेप गर्दै पत्रकारमाथि धरपकड गरेको छ।
पत्रकार किशोर श्रेष्ठमाथी पक्राउको विरोधमा र पत्रकारमाथि भइरहेको ज्यादती र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपको विरोधमा महासंघको नेतृत्वमा पत्रकारहरू भद्रकालीस्थित प्रहरी परिसर अगाडि धर्नामा बसेका थिए। धर्नाका क्रममा प्रहरीले पत्रकारहरूलाई हटाउने प्रयास गर्दै धरपकड गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)