लुम्बिनीको उत्कृष्ट अनुसन्धान पुरस्कार बाँकेका एसपी जिसीलाई
nagariknews.nagariknetwork.com · Tue Jun 30 12:24:35 GMT 2026

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० अंगुर जिसी लुम्बिनी प्रदेशस्तरीय ‘उत्कृष्ट अनुसन्धान पुरस्कार–२०८३’ बाट सम्मानित भएका छन् । नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग र लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङको संयुक्त आयोजनामा बुटवलस्थित लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रमा सम्पन्न लुम्बिनी प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी–२०८३ का अवसरमा एसपी जिसीलाई उत्कृष्ट अनुसन्धान कार्यसम्पादनका आधारमा उक्त पुरस्कार प्रदान गरिएको हो ।
गोष्ठीमा प्रदेशका विभिन्न जिल्लाका प्रहरी प्रमुख तथा अनुसन्धान अधिकृतहरूले आ–आफ्नो जिल्लामा भएका अपराध अनुसन्धान, चुनौती, उपलब्धि र सुधारका प्रयासबारे प्रस्तुतीकरण गरेका थिए । सोही क्रममा एसपी जिसीले बाँके जिल्लामा विगत तीन वर्षको अपराध अनुसन्धान कार्ययोजना (थ्री–इयर क्राइम प्लान), अनुसन्धान प्रणालीमा अपनाइएका नवीन अभ्यास, अपराध नियन्त्रणका रणनीति तथा अनुसन्धानको प्रभावकारिताबारे विस्तृत प्रस्तुति दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)