जनकपुरमा एक महिनापछि नयाँ सवारीचालक अनुमतिपत्र परीक्षा सुरु
ratopati.com · Thu Aug 13 06:25:30 GMT 2026

जनकपुरधाम । मधेस प्रदेश सरकार मातहत रहेको यातायात व्यवस्था कार्यालय जनकपुरमा एक महिनापछि नयाँ सवारी चालक अनुमतिपत्र लिनेहरूका लागि लिखित तथा प्रयोगात्मक परीक्षा लिन सुरु भएको छ ।
यातायात व्यवस्था कार्यालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै अनलाइनमा फारम भरेर राजस्व भुक्तानी गरेकाहरूलाई लिखित तथा प्रयोगात्मक परीक्षामा सहभागी हुन आह्वान गरेको छ । कार्यालयले लिखित परीक्षाका लागि आज (बिहीबार) तथा प्रयोगात्मक परीक्षाका लागि भोलि (शुक्रबार) कार्यतालिका रहेको सूचनामा उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)