यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व सङ्कलन
nagariknews.nagariknetwork.com · Thu Aug 13 06:35:42 GMT 2026

यातायात व्यवस्था कार्यालय धनगढीले गत आर्थिक वर्ष २०८२-०८३ मा जम्मा रु ७७ करोड ५१ लाख २९ हजार राजस्व सङ्कलन गरेको छ।
उक्त कार्यालयका प्रमुख भुवन जोशीका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१-०८२ तुलनामा त्यो रकम रु एक करोड ९५ लाख दुई हजार ३६५ ले बढी हो। त्यस कार्यालयले आर्थिक वर्ष २०८१-०८२ मा राजस्वका विभिन्न शीर्षकबाट रु ७५ करोड ५६ लाख २७ हजार ३५५ राजस्व सङ्कलन गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)