सबै स्थानीय तहले ल्याए बजेट
gorkhapatraonline.com · Fri Jun 26 03:37:24 GMT 2026

दाङका सबै स्थानीय तहले आर्थिक वर्ष २०८३/८४ का लागि नयाँ बजेट ल्याएका छन् । संवैधानिक व्यवस्था अनुसार असार १० गतेभित्र नीति तथा कार्यक्रम र त्यसको कार्यान्वयनका लागि बजेट नगर तथा गाउँ सभामा पेस गर्नुपर्ने भएकोले सोही अनुसार दाङका सबै स्थानीय तहले बजेट पेस गरेका हुन् ।
दाङमा दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकासहित १० स्थानीय तह रहेका छन् । यी १० वटै स्थानीय तहले आगामी आव २०८३/८४ को दाङ समग्र विकासका लागि कुल १० अर्ब १६ करोड ६८ लाखको बजेट ल्याएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)