वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त
onlinekhabar.com · Thu Aug 13 09:02:33 GMT 2026

२८ साउन, काठमाडौं । वीर अस्तपालको निर्देशकमा डा.विकास नेपाल नियुक्त भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) का उपकुलपतिको सिफारिसमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले डा.नेपाललाई वीरको निर्देशकमा नियुक्त दिएकी हुन् ।
११औँ तहका डा.नेपाल ग्यास्ट्रो सर्जन हुन् । त्यसै गरी सहायक निर्देशकमा डा.अपार्ट लामिछाने र अनिता विसी नियुक्त भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)