बाँकेमा एम्बुलेन्स दुर्घटना हुँदा चार जना घाइते
barnanmedia.com · Tue Jun 30 12:40:12 GMT 2026

बाँके जिल्लाको बैजनाथ गाउँपालिका–१ हात्तिसारस्थित रत्न राजमार्गमा रुकुमदेखि नेपालगन्जतर्फ आउँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्।
रुकुमको पश्चिम चौरजहारी नगरपालिका–५ निवासी ३४ वर्षीय दिपेश ढकालले चलाएको भे१ झ३६५ नम्बरको एम्बुलेन्स अन्य सवारीलाई साइड दिने क्रममा अनियन्त्रित भई सडकछेउको नालामा पल्टिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)