टोनी अवार्ड्समा ‘डेथ अफ अ सेल्सम्यान’बर्चश्व
kendrabindu.com · Tue Jun 09 03:07:31 GMT 2026

न्युयोर्क। आर्थर मिलरको नाटक ‘डेथ अफ अ सेल्सम्यान’ ले सर्वाधिक ६ वटा विधामा जित हासिल गर्दै आइतबार साँझ न्युयोर्कस्थित रेडियो सिटी म्युजिक हलमा आयोजित ७९ औं टोनी अवार्ड्समा यसवर्ष वर्चश्व कायम गरेको छ । त्यसैगरी, समान ४–४ अवार्ड्स जित्दै ‘श्मिगाडुन’, ‘द लस्ट ब्वाइज’ र ‘र्यागटाइम’ दोस्रो स्थानमा रहे । मनोनयनमा भने ‘द लस्ट ब्वाइज’ र ‘श्मिगाडुन’ सर्वाधिक १२ विधामा परेका थिए ।
सन् १९४९ को स्टेज नाटक स्कट रुडिनद्वारा निर्मित यस नयाँ संस्करणको ‘डेथ अफ अ सेल्सम्यान’ लाई जो मन्टेलोले निर्देशन गरेका हुन् । जसमा नाथन लेन, लरी मेटकाफ, जोनाथन केक, माइकल वाशिंटन, तासा लरेन्स, क्रिस्टोफर एबोटको मुख्य भूमिका रहेको छ । नाटकतर्फ ‘डेथ अफ अ सेल्सम्यान’ बाट मन्टेलोले निर्देशन र मेटकाफले अभिनेत्रीको अवार्ड जिते ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)