नेपालका नेताहरूलाई 'होली वाइन' खुवाउने चर्चकी प्रमुखलाई दुई वर्षको जेल सजाय
lokaantar.com

विवादास्पद युनिफिकेशन चर्चकी प्रमुख तथा संस्थापक हान अक जा भ्रष्टाचार र राजनीतिक कोषसम्बन्धी कानुन उल्लङ्घन गरेको कसूरमा दुई वर्षको जेल सजाय सुनाएको छ । नेपालका नेताहरूलाई होली वाइन खुवाएकी ८३ वर्षीया हानलाई दक्षिण कोरियाको एक अदालतले अपदस्त गरिएका कन्जरभेटिभ राष्ट्रपति युन सुक योलकी पत्नीलाई घुस दिएको तथा अन्य भ्रष्टाचारका आरोपहरूमा जेल सजाय सुनाएको हो ।
सुल केन्द्रीय जिल्ला अदालतले जारी गरेको विज्ञप्तिअनुसार चर्चका संस्थापक सन म्युङ मुनकी पत्नी समेत रहेकी हानलाई राजनीतिक कोषसम्बन्धी ऐन उल्लङ्घन गरेको, घुसखोरी गरेको र चर्चको कोष अपचलन गरेको अभियोगमा दोषी ठहर गरिएको समाचार संस्था एपीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)