पहिरोको जोखिममा सिम्रुतुबजार
gorkhapatraonline.com · Tue Sep 01 02:24:53 GMT 2026

रुकुमपश्चिमको सिम्रुतुबजार बाढी र पहिरोको उच्च जोखिममा रहेको छ । राप्ती राजमार्गको छेउमा रहेको त्रिवेणी गाउँपालिका–२ स्थित सिम्रुतुबजार तीनतिरबाट आउने खोलाको किनारमा छ । यो बजार पालिकाको मुख्य व्यापारिक केन्द्रसमेत हो ।
गाउँपालिकाका अध्यक्ष गणेश केसीका अनुसार सिम्रुतुमा रुँघा, खारा र मुरुतर्फबाट आएका तीन खोला मिसिएर सिम्रुतुखोला बनेको छ । यही सिम्रतुखोलाको किनारमा बाक्लिँदै गएको बस्ती र सार्वजनिक संरचनाहरू जोखिममा रहेका छन् । वर्षामा डरलाग्दो गरेर बहने यी खोलाका कारण यहाँको बजारक्षेत्र जोखिममा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)