भोटेकोसी बाढी : भारतमा १७ शव भेटिए
baahrakhari.com · Tue Sep 01 02:26:49 GMT 2026

काठमाडौं । नेपालमा भदौ १० मा आएको भोटेकोसी बाढीमा बगेर भारत पुगेका १७ शव फेला परेका छन् । भारतको उत्तर प्रदेशस्थित गण्डक (नारायणी) नदी क्षेत्रबाट १७ वटा शव बरामद गरिएको हो ।
उत्तर प्रदेशको कुशीनगर जिल्लाका खड्डा र तमकुही राज तहसील क्षेत्रबाट १३ वटा शव निकालिएको छ । महराजगन्ज क्षेत्रमा भेटिएका तीन महिला र एक पुरुषगरी चारवटा शवलाई आवश्यक प्रक्रिया पूरा गरी सोमबार नै नेपाली प्रशासनलाई हस्तान्तरण गरिएको भारतीय पक्षले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)