विकास निर्माणका कामलाई तीव्र र पारदर्शी बनाउन अर्थ समितिको निर्देशन
ratopati.com · Thu Aug 13 11:41:34 GMT 2026

हेटौँडा । बागमती प्रदेशसभा अन्तर्गतको अर्थ तथा विकास समितिले विकास निर्माणका काममा तीव्र र पारदर्शिता बनाउन निर्देशन दिएको छ । बिहीबार प्रदेशसभा सचिवालय हेटौँडामा बसेको समितिको बैठकले प्रदेशका विकास आयोजनाहरूलाई तीव्रता दिन र सम्पन्न भएका कामहरूको विवरण सार्वजनिक गर्न निर्देशन दिएको हो ।
समितिका सभापति नुरज बज्राचार्यको अध्यक्षतामा बसेको बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयलाई विभिन्न तीन बुँदे निर्देशन दिएको छ । बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत हालसम्म सम्पन्न भएका सबै आयोजनाहरूको विस्तृत विवरण सर्वसाधारणको जानकारीका लागि सम्बन्धित निकाय र मन्त्रालयको वेबसाइट वा अन्य माध्यमबाट नियमित रूपमा प्रकाशन गर्न निर्देशन दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)