त्रिभुवन राजपथ एकतर्फी बनाइ पेट्रोलियम पदार्थ ल्याइँदै
annapurnapost.com · Tue Sep 01 02:32:21 GMT 2026

काठमाडौं : कृष्णभिरमा पहिरो गएर मुग्लिन–धादिङ हुँदै काठमाडौं आउने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथ (मकवानपुरको पालुङ–टिस्टुङ–नौबिसे–नागढुंगा) एकतर्फी गरेर काठमाडौंमा पेट्रोलियम पदार्थ ल्याउन थालिएको छ।
सोमबार दिउँसो ३ः३० बजे हेटौंडाबाट पेट्रोल, डिजेल, हवाई इन्धन बोकेका ६२ ट्यांकर त्रिभुवन राजपथ हुँदै काठमाडौं पठाइएको आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगन्जले जनाएको छ। कार्यालयले त्रिभुवन राजपथ एकतर्फी बनाई काठमाडौंमा पेट्रोल, डिजेल र हवाई इन्धन पठाइएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)