सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा
annapurnapost.com · Thu Aug 13 13:00:04 GMT 2026

काठमाडौं : सर्पदंशको उपचारमा प्रयोग हुने ८ हजार २ सय भायल भ्याक्सिन बिहीबार साँझ ५ बजे टेकुस्थित केन्द्रीय भ्याक्सिन स्टोरमा प्राप्त भएको स्वास्थ्य सेवा विभागले जनाएको छ।
विभागको नियमित खरिद प्रक्रियाअन्तर्गत उक्त भ्याक्सिन ल्याइएको हो। यसैगरी, रेबिजविरुद्ध प्रयोग हुने १७ हजार ६ सय भायल रेबिज इम्युनोग्लोबुलिन समेत प्राप्त भएको विभागले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)