विष्णु पौडेल पक्राउ प्रकरण: व्यापारी दीपक भट्ट मुद्दाका कागजात झिकाउन सर्वोच्चको आदेश
nagariknews.nagariknetwork.com · Tue Jun 30 13:00:45 GMT 2026

सर्वोच्च अदालतले एमाले उपाध्यक्ष विष्णु पौडेलसँग सम्बन्धित बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै व्यापारी दीपक भट्ट लगायतमाथि दायर सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाका कागजात झिकाउन आदेश दिएको छ।
मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा दायर गरेका दीपक भट्ट र सुलभ अग्रवालविरुद्धका मुद्दाका सम्पूर्ण फाइल इजलाससमक्ष पेश गर्न निर्देशन दिएको हो। अदालतले ती कागजात हेरेपछि फिर्ता लैजान मिल्ने व्यवस्था गर्नसमेत आदेश दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)