जलवायु परिवर्तन र रसुवा त्रासदी
nepalviews.com · Tue Sep 01 02:30:24 GMT 2026

२६ अगस्ट २०२६ मा रसुवाको भोटेकोशी–लहेन्दे खोला क्षेत्रमा आएको विनाशकारी आकस्मिक बाढी र हिमपहिरो आममानिसको कल्पना बाहिरको विषय हो । यसले निम्त्याएको क्षति अनुमानभन्दा फरक रह्यो । उक्त विनासकारी घटनाबाट के कति क्षति भयो त्यसको यकिन विवरण गृह मन्त्रालय र मातहतका निकायहरूले संकलन गरिरहेका छन् । तर, प्रारम्भिक अनुमानमा यसले नेपालको अर्थतन्त्रलाई शिथिल पार्नेमा कुनै शंका देखिँदैन ।
उक्त विपत्तिका कारण ठूलो संख्यामा मानिसको मृत्यु भएको छ । घाइते तथा बेपत्ताको संख्याको कुनै लेखा जोखा छैन । विशेषगरी स्याँफ्रुवेँसी , टिमुरे, रसुवागढी र भोटेकोशी करिडोर सबैभन्दा बढी प्रभावित क्षेत्रमा दर्ज भएका छन् । ती गाउँहरू अहिले शोकमग्न भएका छन् । आमाछोदिङ्मो गाउँपालिका अध्यक्षले स्थानीय ५० जना बेपत्ता भएको प्रारम्भिक विवरण सार्वजनिक गरेका छन् । यी तथ्यले उक्त प्रभावित क्षेत्रमा मानवीय क्षति ठूलो रहेको सहज अनुमान गर्न सकिन्छ । बाढीमा स्थानीय बासिन्दासँगै जलविद्युत् आयोजनामा काम गर्ने मजदुर तथा कर्मचारी र सीमाक्षेत्र हुँदै यात्रा गरिरहेका विदेशी नागरिकसमेतको ज्यान गएको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)