थाइल्याण्डबाट ल्याइएको गाँजासहित दुई जना पक्राउ
nepalnews.com · Thu Aug 13 14:36:48 GMT 2026

काठमाडौँ। प्रहरीले थाइल्याण्डबाट ल्याइएको ३ किलो २०० ग्राम गाँजासहित भैरहवाबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देही लुम्बिनी सांस्कृति नगरपालिका-१० का २३ वर्षीय मनोहर हरिजन र भारत उत्तरप्रदेशका १८ वर्षीय निखिल बर्मा रहेका छन्।
उनीहरुलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले रुपन्देही सिद्धार्थनगर नगरपालिका-८ बाट पक्राउ गरेको हो। ब्युरोका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार हरिजनले थाइल्याण्डबाट काठमाडौँ हुँदा गाँजा भैरहवा पुर्याएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)